प्रकाशित : २ मंसिर २०७५, आईतवार १८:५२

विराटनगर, २ मंसिर । विराटनगर महानगरपालिकाभित्र लुटपाट मच्चाउँदै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ घर भई विराटनगर १२ शान्तिचोकमा भाडामा बस्दै आएका २३ बर्षिय शिवराम चौधरी र विराटनगर ८ का २५ बर्षिय समिर कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई आज विराटनगरमा सार्वजनिक गर्दै प्रहरीले उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरिएको जनाएको छ । मोटरसाइकलको सहायतामा उनीहरुले सडकमा एक्लै हिडिरहेका महिला तथा सर्वसाधारणको सुनका सिक्री, मोबाईल तथा पर्स लुटेर भाग्ने गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

प्रहरीका अनुसार उनीहरुले गत कात्तिक १४ गते कटहरीका निरज श्रेष्ठको साथबाट मोबाईल लुटेका थिए । उनीहरुले कात्तिक १६ गते कानेपोखरीकी हिना राजवंशीबाट १८ हजार ४ सय रुपैयाँ, मोबाइल र घडी लुटेका थिए । त्यसैगरि, कात्तिक २५ गते विराटनगर ७ की चन्द्रकला बस्नेतको साथबाट पर्स र मोबाईल लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३