प्रकाशित : २ मंसिर २०७५, आईतवार १८:४३

विराटनगर, २ मंसिर । मोरङ जिल्लामा फैसला कार्यन्वयन बर्षको सुरुवात भएको छ । आज जिल्ला अदालत मोरङबाट फैसला भएका तर असुल नभएको फैसला कार्यन्यनकालागि बर्ष दिने अभियान सुरु भएको हो ।

मोरङ जिल्लाबाट २००१ सालदेखिका अदालतका निर्णयहरु पूर्ण कार्यान्वायन भएका छैनन् । मोरङ जिल्लाबाट ४ हजार ४ सय १० बर्ष १ महिना १ दिन कैद सजाय असुल हुन बाँकी छ ।

त्यस्तै १७ करोड २० लाख ३८ हजार ७ सय १८ रुपैया जरिवाना असुल हुन बाँकी छ । सजाय तर्फ गतबर्षबाट ३ हजार ८सय ६७ बर्ष ३ महिना १३ दिन जिम्मेवारी सरेको थियो भने चालु आर्थिक बर्षको ७ महिनाको ६ सय ५९ बर्ष ६ महिना १५ दिन सजाय मध्ये १ सय १६ बर्ष ८ महिना २७ दिन असु भएको छ भने जरिवाना तर्फ १५ करोड ४८ लाख ५६ हजार ५ सय ८३ रुपैयाँ गतबर्षको जिम्मेवारी सरेको थियो भने चालु आर्थिक बर्ष २ करोड ७ लाख ७३ हजार ८०२ रुपैया मध्ये ३५ लाख ९१ हजा ६६७ रुपैया असुल भएको छ ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणी ओझाले फैसला कार्यन्यनकालागि स्थानीय तहहरुस“ग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।

सर्वाेच्च अदालतको फैसला कार्यन्यन अभियान अन्तरगत मंसिर २ गतेदेखि मोरङमा पनि फैसला कार्यन्यन बर्ष सुरु भएको बताउदै उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३