प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १८:३७

विराटनगर, ३० कात्तिक । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले आज विराटनगरस्थित शिक्षा विकास तथा समन्वय इकाई मोरङमा धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको आयोजनामा विहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना शिक्षकहरुले धर्ना दिएका हुन् । धर्नाका क्रममा जिल्लातहको १७ वटा तहका स्थायी, अस्थायी, र राहत शिक्षक सहभागी भएको नेपाल शिक्षक महासंघ मोरङका सहसचिव अरबिन्द यादवले जानकारी दिनु भयो ।

महासंघद्धारा घोषित तेस्रोचरणको आन्दोलनको कार्यक्रम अनुसार देशभरिका समन्वय इकाईहरुमा विरोधका कार्यक्रमहरु गरिएको उहाँले बताउनु भयो । महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । सो क्रममा शिक्षकहरुले समन्वय इकाईमा ब्यांग्यात्मक नाचगान गरेका थिए ।

गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको चार प्रतिशत विनियोजन गर्न माग गरिएको शिक्षकहरुले बताएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३