Breaking News

अपराध नियन्त्रण गर्न प्रहरी र महानगरवीच सहकार्य

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १८:३५

विराटनगर, ३० कात्तिक । विराटनगर महानगरपालिका र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबीच अपराध नियन्त्रण र समाजमा शान्ति सुरक्षाका लागि एकआपसमा सहयोग आदानप्रदान गर्ने विषयको समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।

महानगरका मेयर भीम पराजुली र प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

समझदारी पत्रमार्फत सबै खाले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने सवालमा सहकार्यको प्रतिवद्धता जनाइएको छ । एकअर्काको सहयोग र सहकार्यले नै अपराध रहित समाजको निर्माण गरेर अघि बढ्न सकिने दुबै निकायको निस्कर्ष छ ।

शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि सुरक्षा निकाय, स्थानीय तह, विभिन्न संघ संस्थाहरु र सरोकारवालाहरुको साझा सहभागिता, समन्वय र सहकार्यलाई बढवा दिने उदेश्य रहेको डीआईजी रिजालले बताउनु भयो ।

मेयर पराजुलीले समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने गराउने सवालमा प्रहरीले जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले कार्यक्रमको अवधारणा र उदेश्यका बारेमा प्रष्ट पार्दै स्थानीय तह र समुदायसंगको सहकार्यमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गराउन धेरै ठूलो सहयोग पुगिरहेको बताउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३