Breaking News

साढे १० महिनामा ११ जनाको हत्या

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १८:३२

विराटनगर, ३० कात्तिक । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो प्रतिवेदनमार्फत मोरङमा साढे १० महिनाको अवधिमा ११ जनाको हत्या भएको सार्वजनिक गरेको छ ।

विराटनगरमा आज इन्सेकले आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१९ का लागि समेटिएको घटनाहरुको वार्षीक पूर्व समिक्षा कार्यक्रममा ११ जनाको हत्या भएको जानकारी दिइएको हो । जनावरी १ देखि हालसम्मको अवधिमा जिल्ला भर एक सय ३५ वटा घटना भएको इन्सेक जिल्ला प्रतिनिधी इन्दिरा भट्राईले बताउनु भयो । उहाँले एक सय ३५ अपराधिक घटनामा एक सय ७१ जना पीडित बनेको जानकारी दिनु भयो ।

मोरङमा सबै भन्दा बढी ५५ वटा बलात्कारका घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । इन्सेकका अनुसार २७ वटा बलात्कार प्रयास, १० वटा बहुविवाह, सातवटा घरेलु हिंसाका घटना भएका छन् । त्यस्तै कुटपिटका सातवटा, मानव बेचबिखनका दुई वटा, हत्या प्रयासका चारवटा र बालविवाहको एउटा घटना इन्सेकले अभिलेख गरेको छ । तीनवटा बम विष्फोट र दुईवटा अपहरणका घटना भएको घटना भएको इन्सेक प्रतिनिधी भट्राईले बताउनु भयो ।

बलत्कारका ५५ घटनामा ४३ जना बालबालिका र १३ महिला तथा बलत्कार प्रयासबाट ११ बालिका र १६ महिला पीडित बनेका छन् । एक बालक अप्राकृतिक मैथुनबाट पीडित बन्न पुगेको उल्लेख छ । दुईवटा अपहरणका घटनामा एक बालिका सहित सात जना पीडित बनेको इन्सेकको अभिलेखमा उल्लेख छ ।

बाल विवाहबाट एक बालिका पीडित बनेकी छन् । तीनवटा बम विष्फोटका घटना भएकोमा एक जना घाइते भएको प्रतिवेदनमा खुलाइएको छ । कार्यक्रममा सरोकारवालाहरुले बलात्कारका घटना बढ्का कारण पत्ता लगाएर त्यसको न्यूनीकरणमा लाग्नु पर्नेमा जोड दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी निरीक्षक जमुना बस्नेतले अन्य अपराधको दाजोमा महिला विरुद्ध हुने दुरब्यबहार बढेको बताउनु भयो । इन्सेकका प्रदेश संयोजक सोमराज थापाले पीडितलाई न्याय दिने र पीडकलाई कारवाही गर्नका लागि इन्सेकले पनि विभिन्न कोणबाट पहल गर्ने गरेको बताउनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३