Breaking News

संचारकर्मीमाथिको गैरकानुनी दण्डप्रति सरकार गम्भीर : मन्त्री कार्की

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १८:०७

विराटनगर, ३० कात्तिक । संचारकर्मीहरुमामाथि हुने गैरकानुनी दण्डप्रति सरकार गम्भीर रहेको प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनु भएको छ ।

विराटनगरमा आज आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य नामक कार्यक्रममा मन्त्री कार्कीले सञ्चारकर्मी माथि हुने त्यस्ता दण्डहिनताका घटना रोक्न सक्षम रहेको प्रतिवद्धता जाहेर गर्नु भयो । कार्यक्रममा मन्त्री कार्कीले समाजलाई सकारात्मक दिशामा डोहोर्याउन सञ्चारकर्मीको भूमिका अहम हुने बताउनु भयो ।

यद्धपि, सञ्चारकर्मीले भूमिका निर्वाह गरिरहदां जिम्मेवारी बोध गर्नुपर्नेमा पनि जोड दिनु भयो । उहाँले भन्नु भयो, ‘दण्डहिनताको अन्त्य गर्नका लागि सबैले आफ्नो पेशाको मर्यादालाई बिर्सन हुदैन।’ कार्यक्रममा संघीय समाजवादी फोरम प्रदेश एकका संसदीय दलका नेता जयराम यादवले समाजको अग्रणीस्थानमा रहेको सञ्चारजगतको सुरक्षा सधैं चुनौतिपूर्ण रहदै आएको बताउनु भयो ।

त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पत्रकारको सुरक्षाप्रति सधैं राज्यको संयन्त्र संवेदनशील रहेको स्पस्ट पार्नु भयो ।

त्यसैगरि, कार्यक्रममा पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष बिक्रम लुइँटेलले कार्य क्षेत्रमा खटिंदा पत्रकारको सुरक्षाप्रति राज्य उदासिन हुन नहुने बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३