Breaking News

सुन तस्करी प्रकरण : सिलवाल र खेतानलाई छाड्न आदेश

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ०७:१७

विराटनगर, ३० कात्तिक । बहुचर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका मध्ये दुई जनालाई उच्च अदालत विराटनगरले विहिबार धरौटीमा छाड्न आदेश दिएको छ ।

मुद्धाका अभियुक्तहरु मदन सिलवाल र संजय खेतान भनिने प्रभात अग्रवाललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त इजलासले अग्रवाल र सिलवालसंग जनही पाँच/पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।

अभियुक्तहरु अग्रवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहन पर्ने जिल्ला अदालत मोरङको आदेश रितपूर्वक नभएकोले धरौटीमा बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिनु भयो ।

अदालतको आदेशपछि उनीहरु धरौटी रकम बुझाएर रिहा भएका छन् ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३