Breaking News

पथरीशनिश्चरेको स्वास्थ्य कार्यक्रम उत्कृष्ठ : स्वास्थ्य कार्यालय

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १६:०३

पथरीशनिश्चरे, २९ कात्तिक । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानवहादुर वस्नेतले जिल्लाको पथरीशनिश्चरे नगर स्वास्थ्य कार्यक्रमका क्षेत्रमा देशकै उत्कृष्ठ रहेको बताउनु भएको छ ।

मोरङ, झापा र सुनसरी जिल्ला हेर्ने डिभिजन कार्यालयका रुपमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख वस्नेतले आज पथरीशनिश्चरे नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुको बार्षिक प्रगति तथा समीक्षा गोष्ठी समापनका अवसरमा बोल्दै सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै वस्नेतले सो नगरले नयाँ आयाम थप्ने र नयाँ मुस्कान भर्ने काम गरेको देख्दा आफु निकै खुसी भएको धारणा राख्नुभएको छ । उहाँले नगरका जनप्रतिनिधिहरुको इच्छाशक्ति दर्विलो पाएकाले स्वास्थ्य सहितका क्षेत्रमा प्राइभेट पब्लिक पार्टनगरसीपको अवधारणा समेत अघि बढाइएकोप्रति पनि खुसी व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपकुमार राईले नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा अन्य पालिकाहरुभन्दा नौला कार्यक्रमहरु ल्याएको प्रष्ट्याउनुभएको छ ।

उहाँले ५ प्रकारका दीर्घरोगीलाई जीवनमा एकपटक १५ हजार सहयोग, ७० वर्षमाथिका ज्येष्ठहरुका लागि १ नम्वर प्रदेशभरी एकतर्फी एम्वुलेन्स भाडा व्यहोर्ने, ८० वर्षमाथिकालाई घर घरमा स्वास्थ्य परीक्षण सहितका नगरका चर्चामा रहेका कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३