Breaking News

शिक्षादीपद्धारा सम्मानित

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १६:०२

विराटनगर, २९ कात्तिक । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको महाराजगन्ज कलेज काठमान्डौंमा आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृत्तीमा नाम निकाल्न सफल भएका विद्यार्थीलाई शिक्षादीप कलेजले विराटनगरले सम्मान गरेको छ । आज कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजबाट प्लस टु पास गरेका ४ विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

सम्मानित आईओएम एमवीवीएसमा पूर्ण रुपमा छात्रवृत्तीमा नाम निकाल्न सफल हुने विकाश विश्वकर्मा र सृजना यादवसहित धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको प्रवेश परिक्षामा उत्कृष्ट हुदै पूर्ण रुपमा छात्रवृत्तीमा नाम निकाल्न सफल हुने प्रगती मण्डल र अमर पोद्धार सम्मानित भएका थिए ।

मण्डलले विएसी नर्सिङ अध्ययनकालागि पूर्ण छात्रवृत्ति पाएकी हुन भने पोद्धारले विएसी एमआइटीमा नाम निकालेका थिए । उनीहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का गायतले सम्मान गर्नु भएको थियो ।

यसअघि कलेजमा अध्ययन गर्ने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमवीवीएस अध्ययनका लागि सुजन पुरी, मुकेशकुमार मण्डल र कृष्णकुमार दासले पूर्ण छात्रवृति पाएका छन् यस्तो छात्रृवत्ति पाउनेमा शिक्षादिप कलेज प्रदेश १ मा नै पहिलो भएकोे कलेजको दावि छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३