प्रकाशित : २७ कार्तिक २०७५, मंगलवार १७:२७

विराटनगर, २७ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस मसान्त भित्र कर्मचारी समायोजन सक्नेगरि प्रकृया अघि बढाइएको बताउनुभएको छ ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्नुहुंदै उहांले आउदो पुष मसान्तभित्र कर्मचारी समायोजन सक्ने लक्ष्य सहित काम गरिरहेको सरकारले त्यसका निम्ति आवश्यक पर्ने ऐननियम बनाउने काम गरिरहेको बताउनुभयो । उहांले अहिले अस्थायी ब्यवस्थापन अन्र्तगत प्रदेश र स्थानिय तहहरुमा कर्मचारीहरु खटाइएको बताउनुहुंदै अव उपरान्त स्थायीरुपमा कर्मचारीहरुलाई कार्यस्थलमा खटाइने बताउनुभयो ।

लक्ष्यभित्रै समायोजन सक्ने उद्धेश्यसहित काम गरिरहेको सरकारले ऐन बनेपछि प्रदेश र स्थानिय तहमा आवश्यक कर्मचारी पठाइने उहांले बताउनुभयो । मन्त्री पण्डितले प्रदेश र स्थानिय तहलाई आवश्यक थप कर्मचारीकालागि लोकसेवा आयोगले छिट्टै भर्ना प्रकृया शुरु गर्न लागेको समेत बताउनुभयो ।

उहांले प्रदेश लोक सेवा आयोग नबनुञ्जेल केन्द्रमा रहेको लोकसेवा आयोगबाटै आवश्यक कर्मचारी भर्ना गरिने प्रष्ट पार्नुभयो । सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिनुहुंदै मन्त्री पण्डितले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने झैं छठ पछि सरकारको काम कारवाहीले गति लिने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३