प्रकाशित : २७ कार्तिक २०७५, मंगलवार १७:२६

विराटनगर, २७ कात्तिक । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको अवसरमा दण्ड प्रणाम गर्दै कठोर उपासना गर्नुभएको छ ।

प्रमुख पराजुली छठ माताको उपासनागर्न दण्ड प्रणाम गर्दै स्थानिय सिंघिया खोलासम्म पुग्नुभएको छ । उहांले विराटनगर–१ स्थित श्रीराधाकृष्ण शिव पाञ्चायन मन्दिर प्राङ्गणबाट आज बिहान ११ बजेर ५५ मिनेटमा दण्डप्रणाम शुरु गर्नुभयो । २५ बर्ष अघिदेखि छठ पुुजा गर्दै आउनुभएका पराजुलीले यसपटक १५ औं श्रृंखलाकोरुपमा दण्डप्रणामगर्दै छठ पुजाको घाटसम्म पुग्नुभएको हो ।

यसपटक नगरबासीको सुखशान्ति र समृद्धिको कामनासहित आफुले छठ पुजा गर्न लागेको पराजुलीले बताउनुभयो । प्रमुख पराजुलीलसंगै उहांका भतिजद्वय प्रमिश र मनिस पराजुली समेत दण्ड प्रणाम गर्दै छठ पुजाको घाटसम्म पुगेका छन । दण्डप्रणाम गर्ने क्रममा पराजुलीले साढे ३ किलोमिटरको यात्रा तय गर्दै आउनुभएको छ ।

सो दुरीपार गर्न उहांलाई ४ घन्टा समय लाग्ने गरेको छ । छठ पुजा गर्ने विभिन्न विधिविधान अनुसार ब्रतालुले भाकल पुरा भएपछि दण्ड प्रणाम गर्दै छठ पुजा गर्ने गरेका छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३