Breaking News

विराटनगर, २२ कात्तिक । चाडपर्वले सवै नेपालीहरुलाई एकतामा बाध्ने प्रदेश नं. १ का मन्त्रीहरुले बताएका छन् । प्रेस चौतारी मोरंग र प्रेस सेन्टर मोरंगले आज आयोजना गरेको देउसी भैलो कार्यक्रममा मन्त्रीहरुले सो कुरा बताएका हुन ।

कार्यवहाक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वले पछिल्लो

समय व्यापकता पाउँदै गएको बताउनुभयो । पहिले केही व्यक्तिहरुले मात्रै मनाउने छठ पर्व पछिल्लो समय ब्यापक बन्दै गएको बताउनुभयो । नेपालीहरुलाई चाडपर्वले एकतामा बाध्ने गरेको उहाँको भनाई छ ।

उहाँले चाडपर्व ढुक्कसँग मनाउन समेत प्रदेशबासीलाई अनुरोध गर्नुभयो । प्रदेश सरकारले चाडपर्वला

ई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको उहाँले बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चाडपर्वले सवैलाई एक बनाउने बताउनुभयो ।मन्त्री आङ्बोले नेकपा नेतृत्वको सरका

रले जनअपेक्षा अनुसार काम गरिरहेको बताउनुभयो ।

उहाँले समाजमा तिललाई पहाड बनाउने प्रबृत्ति कायम रहेको भन्दै त्यस्ताको पछाडी नलाग्न आग्रह गर्नुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरले दिपावली विराटनगरका लागि महत्वपूर्ण रहेको बताउनुभयो । अन्य स्थानमा भन्दापनि विराटनगरमा दिपावलीको बेग्लै रौनक हुने गरेको बताउनुभयो । तिहारले सवैलाई एकताको धागोमा बाध्ने गरेको उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले ५ बर्षभित्रमा विराटनगरलाई नमूना शहर बनाउने बताउनुभयो ।

 

नेकपा केन्द्रिय सदस्य विनोद ढकालले केही दिन भित्रैमा नेकपाले सवै कमिटी निर्माण गरिसक्ने बताउनुभयो । उहाँले गृहकार्य भईरहेकाले चाडै तल्ला कमिटीहरु निर्माण हुने बताउनुभयो ।

प्रेस चौतारी मोरंगले हरेक बर्ष तिहारको अवसरमा देउसी भैलो खेल्दै आएको छ । यस बर्ष प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा देउसी भैलो खेलेको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३