Breaking News

औपचारिक कार्यक्रममा फर्कदै प्रधानमन्त्री ओली

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार ११:०५

काठमाण्डौं, २१ कात्तिक । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय घरमै आराम गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आजबाट औपचारिक कार्यक्रममा सहभागी हुनु हुने भएको छ ।

गत कात्तिक एक गते झापामा आयोजित शुभकामना कार्यक्रममा सहभागी हुनु भएका प्रधानमन्त्री ओली ३ सातापछि सार्वजनिक कार्यक्रममा फर्कन लाग्नु भएको हो ।

महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनु हुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । दशैंको दौडधुप, छातीमा संक्रमण, शरीरमा चिनीको मात्रामा आएको घटबड लगायत समस्याले प्रधानमन्त्री ओलीलाई अस्पतालसम्म र्पुयाएको थियो ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा कात्तिक १२ गते बिहान भर्ना भएका प्रधानमन्त्री १६ गते साँझ मात्र डिस्चार्ज हुनु भएको थियो ।

फेरि संक्रमण हुन सक्ने भन्दै चिकित्सकले एक साता सार्वजनिक कार्यक्रममा सहभागी नहुन सुझाएपछि अत्यावश्यक काम मात्र गर्दै आएका प्रधानमन्त्री डिस्चार्जको ५ दिनपछि औपचारिक कार्यक्रममा देखिन लाग्नु भएको हो । उपचारमा संलग्न बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अरुण सायमीले चिसो मौसम समेत सुरु भएकाले स्वास्थ्यमा बिशेष ख्याल गर्न प्रधानमन्त्रीलाई सुझाएको बताउनुभयो ।

एकसाता पूर्ण रुपमा आराम गर्न आग्रह गरिएकाले बाहिर आयोजना हुने कार्यक्रमबाट फेरि संक्रमण हुने सम्भावना कायम रहने डा. सायमीको भनाई थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३