Breaking News

नेकपाले अन्तराष्ट्रिय क्षेत्रलाई नयाँ सन्देश दिएको छ : प्रचण्ड

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १८:४०

विराटनगर, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय क्षेत्रलाई नया सन्देश दिनेगरी पार्टी एक वनाउन आफु लागि परेको वताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा मोरङले विराटनगरमा आज गरेको शुभ दिपावली तथा छठपर्वको अबसरमा आयोजित चियापान कार्यक्रमलार्ई सम्वोधन गर्नुहुदै अध्यक्ष दाहालले पार्टि एकताले राष्ट्रिय तथा अन्तराष्ट्रियक्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले यो एकतालाई कुनैपनि शक्तिले तोड्न नसक्ने दावी गर्नुभयो ।

पार्टी एकताकै कारण जनताले दुई तिहाई मत दिएकाले यसको सहि सम्मान हुनुपर्नेमा उहाले जोड दिनुभयो । सरकारले विगतमा हुन नसकेका ठुलाठुला काम तथा सम्झौता गरेको र त्यो काम नदेखिएको मात्र हो भन्नु हुदै अव जनताले प्रत्यक्ष अनुभुति हुनेगरी सरकारले काम गर्ने दावी गर्नुभयो ।

युगले वर्तमान सरकारलाई ऐतिहासिक जिम्मेवारी पु्रा गर्ने अवसर् नेपाली जनताले दिएको र त्यो अबसर पुरा गर्न सरकार सक्षम रहेको अध्यक्ष दाहालले वताउनुभयो ।

कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेलले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कानुनि राज्य कायम गर्र्न सरकार सफल भएको दावी गर्नुभयो । उहाले जनतालाई अनुभुति हुने गरी सरकारले काम गरिरहेकाले सरकारको विरोध गर्नुको अर्थ नरहेको वताउनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३