Breaking News

मापसे गर्नेमा मोटरसाइकल चालक धेरै

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १७:४१

विराटनगर, १९ कात्तिक । मोरङमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाउने गरिएका सवारी साधनमा मोटरसाइकलको संख्या धेरै रहेको पाइएको छ ।

अन्य सवारी चालकको तुलनामा मापसे गर्नेमा मोटरसाइकल चालक धेरै रहेका हुन् । एक महिनादेखि प्रहरीले गरेको मापसे चेकजाँच र कडाईका कारण मापसे गरेर सवारी चलाउने चालकको संख्या दिनप्रतिदिन घट्दै गएको पनि पाइएको छ ।

मापसे गरेर सवारी चलाउने चालकले अनिवार्य लिखित तथा मौखिक परीक्षा दिनै पर्ने र परीक्षा अनिवार्य उत्तीर्ण हुनै पर्ने नियम लागू गरिएपछि मापसे गर्ने चालकको संख्यामा कमि हुँदै गएको प्रहरीको बुझाइ छ ।

एक महिनाको अवधिमा मापसे गरेर सवारी चलाए बापत मोरङमा आठ सय पाँच जना चालकको कागजपत्र र सवारी साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । कार र जीपका २३, ट्रकका छ, बसका एक, ट्यांकरका दुई, ट्याक्टरका ११, ट्याम्पोका ४५, सिटीसफारीका २० चालकको कागजपत्र नियन्त्रणमा लिइएको एसपी केसीले बताउनु भयो ।

केसीले ट्राफिक नियम अनुसार गरिने कारवाहीले मात्रै मापसे गर्ने चालक र मापसेकै कारण हुने दुर्घटनामा कमि नआएपछि मोरङमा नेपालमै पहिलो पटक मापसे गर्ने चालकले अनिवार्य परीक्षा दिनै पर्ने नियम लागू गरिएको जानकारी दिनु भयो । यो नियम लागू गरिएपछि मापसेकै कारण हुने सवारी दुर्घटना भने शुन्यमा झरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३