Breaking News

नेतृ संग्रौलाको पहलमा प्रदेश विकास अवधारणा तयार

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार १७:३७

विराटनगर, १९ कात्तिक । सांसद तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा जनताको समृद्धि चाहनाबारे प्रदेश १ भरि अध्ययन गरी सुझाव संकलन गरिएको छ ।

चौध जिल्लाका स्थानीय नागरिकसँग पुगेर संग्रौलासहित काँग्रेस प्रतिनिधि मण्डलले विकासमा जनताको चाहनाबारे अध्ययन गरिएको हो । त्यसको प्रतिवेदन तथा प्रदेशको समग्र विकासका लागि अवधारणा पत्र संग्रौलाले सोमबार विराटनगरमा सार्वजनिक गरेकी छन् ।

नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले प्रदेशका चौधवटै जिल्लाबाट प्राप्त सुझाव तथा अध्ययनको निश्कर्षबारे जानकारी दिइन ।

अध्ययनका क्रममा प्रदेशमा व्याप्त गरिबी तथा बेरोजगारीका कारण युवा विदेश पलायन दर बढेको, विकट भौगोलिक क्षेत्रमा अझै शिक्षा र स्वास्थ्य सेवाको पहँुच नपुगेको, सहरी क्षेत्र, गाउँ र पहाड अनि हिमाली भगमा जनताबीच आर्थिक असमानता पाइएको, शिशु मृत्युदर अपेक्षित घटाउन नसकिएको, खाना पकाउन दाउराको प्रयोग दर न्यून नभएको लगायत जनस्तरमा समस्या भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३