Breaking News

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार ११:०४

विराटनगर, १९ कात्तिक । विराटनगरको मुनालपथमा अहिले केही बेर अघि भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

विराटनगर बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबहाक बसले ठक्कर दिंदा को १० प ६२५९ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका ५ का ३८ वर्षीय मनोजकुमार मोदीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोदीको उपचारका लागि विराट नर्सिङ होम पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालक सिरहा घर भएका २९ वर्षीय दीपेन्द्रकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३