Breaking News

भारतीयलाई नागरिकता प्रकरण : वडा अध्यक्ष सहित १६ जना विरुद्ध मुद्धा

प्रकाशित मिति : १८ कार्तिक २०७५, आईतवार २१:४४

विराटनगर, १८ कात्तिक । भारतीय नगरिकलाई नगरिकताको लागि सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बरका वडा अध्यक्ष उद्धव अर्याल सहित १६ जना विरुद्ध आज जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत वडा अध्यक्ष अर्यालसहित १६ जनालाई झुटा विवरण पेश गरी विदेशीले नेपाली नागरिकता लिएको, दिलाएको अभियोग लगाएर मुद्दा दायर गरेको हो । गैर नेपाली नागरिकलाई नागरिकताको सिफारिस दिने वडा अध्यक्ष अर्याल विराटनगर महानगरपालिकाको प्रवक्ता समेत हुनु हुन्थ्यो ।

अर्यालसहित वडा सदस्य रमेश साह, वडा सचिव पुष्पा तिम्सिना विरुद्ध पनि मुद्धा दायर गरिएको छ । बावु बनेर भारतीयलाई नागरिकता दिलाउने मुख्य भूमिकामा रहेका विराटनगर १ घर भई कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षिय सत्य नारयण पोद्दार, झुटा विवरण पेश गरि छोरा बन्ने र नागरिकता लिने २२ वर्षिय संजिब पोद्दार, २० वर्षिय धिरज पौद्दार, जितेन्द्र पोद्दार, २५ वर्षिय राजेन्द्र पोद्दार, २५ वर्षिय रोशन कुमार पोद्दार, १८ वर्षिय मिथीलेस पोद्दार, संजिब पोद्दार, १९ वर्षिय पवन पोद्दारलाई मुद्धाको प्रतिवादी बनाइएको छ ।

त्यस्तै अन्य प्रतिवादीमा सर्जिविन गर्नेहरू विराटनगर १ की ४७ वर्षिय सिमा देवी राम, ५३ वर्षिय मनोज हरिजन, ६४ वर्षिय छोटेलाल मुखिया, सुनसरीको कोशी गाउँपालिका १ का ४५ वर्षिय सुरेश पोद्दार, कटहरी गाउँपालिका १ का ४३ वर्षिय बैजनाथ शर्मा रहेका छन् ।

मुख्य अभियुक्त सत्यनारायणले कान्छी श्रीमति पटिको छोराहरु देखाउँदै उनीहरुबाट मटो रकम लिएर भारतीयलाई नागरिकता दिलाउने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले अहिलेसम्म नागरिकता बनाइदिने मुख्य अभियुक्त सत्यनारयणमात्र पक्राउ गरेको छ । अन्य फरार छन् । जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्दारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएका हुन् ।

तर जिल्ला प्रशासन कार्यालयले सिफारिसप्रति आशंका गरेपछि घटना सार्वजनिक भएको हो । मोरङ प्रहरीले किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्दारलाई पक्राउ गरेपछि उक्त रहस्य बाहिर आएकोे हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३