Breaking News

प्रदेश १ मा ५९ वटा डिभिजन कार्यालय स्थापना हुँदै

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १८:२०

विराटनगर १६, कात्तिक । संरचना अभाबमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बजेट खर्च गर्न नसकेकोले १ नम्बर प्रदेश सरकारले डिभिजन कार्यालय स्थापना गर्न थालेको छ ।

भौतिक पूर्वाधार विकासको लागि प्रदेश सरकार मातहत रहने निर्देशनालय र डिभिजन कार्यालयहरु तिहार अगाडि स्थापना गर्नेगरी तयारी अगाडि बढेको छ । संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण भएका सडक, सिंचाई, सहरी विकास, कृषि, भेटेनरीका डिभिजन कार्यालयहरु प्रदेशले स्थापना गर्नेछ ।

सुनसरीको इटहरीमा यातायात तथा पूर्वाधार निर्देशनालय, धनकुटामा शिक्षा र स्वास्थ्य निर्देशनालय, विराटनगरमा कृषि र पशु निर्देशनालय प्रदेश सरकारले स्थापना गरिसकेको छ । अब ७ वटा सडक डिभिजन कार्यालयहरु स्थापना गर्ने तयारीमा सरकार छ । प्रदेश सरकारले २ वटा जिल्ला समेट्नेगरी सडक डिभिजन कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारले भवन निर्माण कार्यका लागि ५ वटा डिभिजन सहरी विकास तथा भवन डिभिजन कार्यालयहरु स्थापना गर्नेछ ।

प्रदेशमा संघीय सरकार मातहत २ वटा सघन सहरी तथा भवन निर्माण आयोजना रहनेछन् । सिंचाई सेवालाई प्रभावकारी बनाउन प्रदेशका १४ वटै जिल्लामा डिभिजन कार्यालयहरु स्थापना हुनेछ ।

त्यस्तै भेटेनरी कार्यालय, कृषि ज्ञान केन्द्रहरु सबै जिल्लामा स्थापना हुनेछन् । जनस्वास्थ्य कार्यालयहरु पनि प्रत्येक जिल्लामा स्थापना गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले खानेपानीको सेवालाई प्रभावकारी ढंगले विस्तार गर्नकालागि प्रदेशमा ५ वटा डिभिजन कार्यालयहरु स्थापना गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनु भयो ।

डिभिजन कार्यालयहरु स्थापना भएपछि प्रदेश सरकारको विकास बजेट कार्यान्वयनमा जाने उहाँको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३