Breaking News

मोरङमा १० प्रतिशत मात्रै बजेट खर्च

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार १८:१९

विराटनगर, १६ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा मोरङमा अधिकांश साधारणतर्फको सहित गरेर १० प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

यसले आर्थिक वर्ष सकिन लाग्दा मात्र पूँजीगत बजेट खर्च गर्ने पुरानै रोग दोहोरिने देखाएको छ । चालु आर्थिक वर्षमा मोरङमा विकास बजेट खर्च नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङले जनाएको छ ।

जिल्लामा केन्द्र सरकार अन्तर्गतका ६८ वटा सरकारी कार्यालय छन् । ति कार्यालयको हालसम्मको विकास खर्च अत्यन्तै न्यून छ । जिल्लाका सरकारी कार्यालयले ३ महिनामा १३ करोड ९१ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक योगेन्द्र पौडेलका अनुसार जिल्लामा सबैभन्दा बढी विकास बजेट संघीय आयोजना कार्यान्वयन इकाइले गरेको छ । जम्मा पूँजीगत बजेट ७६ करोड ४६ लाख रुपैयाँ रहेको इकाइले ३ महिनामा ५ करोड २६ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । सडक डिभिजन कार्यालयको पूँजीगततर्फ ११ करोड बजेट रहेकोमा ५ करोड ७ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

अघिल्लो आर्थिक बर्ष ०७४/७५ को पहिलो तीन महिनामा ती कार्यालयहरुले पूँजीगततर्फ ३ दशमलव ७५ प्रतिशत खर्च गरेका थिए । प्रदेश १ सरकारले भने चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एक रुपैयाँ पनि बिकास बजेट खर्च गर्न सकेको छैन ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷७६ को लागि पूँजीगततर्फ १८ अर्ब ७७ करोड रुपैयाँ बिनियोजन गरेको छ । बिकास बजेट शीर्षकमा विनियोजन गरिएको अहिलेसम्म भुक्तानी नभएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३