प्रकाशित : १६ कार्तिक २०७५, शुक्रबार १६:२१


विराटनगर, १६ कात्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि आज थाईल्याण्ड प्रस्थान गर्नु भएको छ ।
दुई बर्षदेखि घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राईको यसअघि राजधानीका वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, मेडिसिटी अस्पताल लगायतका अस्पतालमा उपचार भएपनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईको थाईल्याण्डको राजधानी बैंककको ब्रम्रुनगाड इन्टरनेशनल अस्पतालमा उपचार हुने छ । उपचारगर्दा लाग्ने सम्पूर्ण खर्च मुख्यमन्त्री राईलेनै व्यहोर्ने प्रेस सल्लाहकार सुवेदीले बताउनुभयो । उहाँ कात्तिक २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।