Breaking News

प्रदेश योजना आयोगको उपाध्यक्षमा प्याकुरेल नियुक्त

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १८:३९

विराटनगर १४ कात्तिक । एक नम्वर प्रदेश सरकारको आज वसेको मन्त्री परिषद वैठकले प्रदेश योजना आयोग गठनगर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ ।

वैठकले आयोगको गठन आदेश पासगर्दै उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मिना भण्डारी र पुर्ण लक्समलाई नियुक्ति गरेको छ । मन्त्री परिषद वैठकपछि आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री एंव सरकारका प्रवक्ता हिकमत कार्कीले प्रदेश नम्वर एकको सार्वजनिक खर्च मापदण्ड र मितीव्ययता सम्वन्धि निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ स्वीकृति दिने निर्णय गरेको वताउनुुभयो ।

वैठकले सुनसरी जिल्लाको कोशी गाउपालिका स्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि वढाउन तथा मध्य पहाडी लोकमार्ग अन्र्तगत तेह्रथुम र फिदिम दुइवटा सहरलाई नया सहरको रुपमा विकासगर्न स्वीकृती प्रदान गरेको छ । त्यसका लागी संघिय सरकारवाट १७ करोड रुपैया विनियोजित भइसेको छ ।

मन्त्री परिषद वैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पती प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । यसैगरी संविधानसंग मेल खाने सरकारी कार्यालयका नामलाई १५ दिनभित्र परिमार्जनगर्ने तथा कोशी प्रतिष्ठान विधेयक मस्यौदामाथी स्वइकृत प्रदानगर्ने निर्णय गरेको छ ।

वैठकले प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृति प्रदान गर्ने तथा झापाको दमकमा रहेको ग्रामिण सडक सुधार संन्जाल आयोजनालाई प्रदेश सरकारको मातहतमा ल्याउने मन्त्री परिषदले निर्णय गरेको मन्त्री कार्कीले वताउनुुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३