Breaking News

विराटनगरमा आईसिटी एक्स्पो हुने

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०६:४५

विराटनगर, १३ कात्तिक । विराटनगरलाई सुचना प्रविधिको गन्तब्य बनाउने उद्वेश्यसहित आईसिटी एक्स्पो २०१८ हुने भएको छ ।

लिभिङ विथ आइसिटी मिडियाको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पहिलो पटक विराटनगरमा आईसिटी एक्स्पो हुन लागेको हो ।

लिभिङ विथ आईसिटी मिडियाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश न १ को अस्थायी राजधानी विराटनगरमा एक्स्पोको आयोजना गरिने जानकारी दिएको हो । आयोजक समितिका संयोजक राजन लम्सालले एक्स्पोमा सुचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहने जानकारी दिनुभयो ।

विराटनगरस्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सय वढी स्टल रहने छन जसमा आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने मुख्य उद्वेश्य राखिएको अध्यक्ष लम्सालले बताउनुभयो । आईसिटी एक्स्पो प्रचार प्रसार संयोजक पर्वतराज झाले प्रदेश नं १ अन्तर्गतका जिल्लामा सुचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा संस्थाहरुसहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहने जानकारी दिनुभयो ।

एक्स्पोमा पाँच प्रतिशत कर्मशियल आईटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने पाँच प्रतिशत स्टलहरु आईटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोनसहितका विज्ञान प्रर्दशनी रहनेछ ।

संयोजक झाका अनुसार एक्स्पोमा स्थानीय तहका सरकारलाई समेत समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३