Breaking News

आफन्तद्धारा कुटपीट

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार ०६:४२

विराटनगर, १३ कात्तिक । मोरङको रतुवामाई नगरपालिका– ५ की २५ बर्षिय जुना खडका बुढाथोकीलाई आफन्तले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

सामान्य घरायसी विवादमा श्रीमान तेजबहादुरले उकासेर जेठाजु सुवोध, आमाजु दिदी भगवती र भजित विधुर खड्काले कुटपिट गर्दा बुढाथोकी घाइते भएकी हुन् ।

कुटपिटबाट उनको अनुहार, टाउँको हातमा गहिरो चोट लागेको छ । उनीहरूले जुनालाई चक्कु समेत प्रहार गरेका छन् । घाइते भएकी जुनाको विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा थप उपचार भइरहेको दाजु मोहन बुढाथोकीले जानकारी दिनुभयो ।

घरमा बिवाद हुदा जेठाजु सुबोध र जेठानी भगवती भतिज बिदुरलाई कुटपिट गर्न लगाएको दाजु मोहनले बताउनुभयो । छोरीसँग कोठामा बसीरहेको बेला आफूमाथी कुटपिट भएको उहाँले बताउनुभयो । उहाँमाथी कुटपिट हुदा उनका श्रीमान तेजबहादुर घास काट्न बाहिर गएका थिए ।
इलाका प्रहरी कार्यालय सिजुवाले कुटपिट गरेको आरोपमा भगवती र सुबोधलाई नियन्त्रणमा लिएको छ । बिदुर भने फरार छन् । प्रहरीले उनको पनि खोजी गर्दै आएको छ । प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले सामान्य घरायसी विवाद हुदा कुटपिट भएको बताउनुभयो । प्रहरीले यस अघि पनि खड्का परिवारमा भएको झगडामा मेलमिलाप गराएको थियो । उहाँले पक्राउ परेकाहरुसँग सोधपुछ गरिरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३