Breaking News

नेपाली कांग्रेस महासमिति बैठकको तयारी तीव्र

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ११:०१

काठमाण्डौं, १३ कात्तिक । नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीव्र बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा बैठक आयोजना गर्ने निर्णय गरेको उसले मञ्च तथा प्रचार प्रसार, भोजन, स्वयंसेवक र स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनाएको छ ।

आज बसेको बैठकले भक्तपुरका सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन उपसमिति बनाएको छ । यस्तै, काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति बनेको छ ।

ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र भक्तपुरका सचिव निशान ढुंगेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनेको छ ।

आर्थिक व्यवस्थापन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिलाई जिम्मा दिने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १७:३४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३