प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १०:५५


काठमाण्डौ, १३ कात्तिक । छातीमा संक्रमण र शरिरमा चिनीको मात्रामा घटवड भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार देखिएको छ ।
मौसमी ज्वरोका कारण शुक्रवारबाट सताईका प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण देखिएपछि हिजो बिहान राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार, उहाँले बिहानको नियमित काम आफै गर्नुभएको र सामान्य हिडडुल गर्नुभएको छ ।
उपचारमा संलग्न छाती रोग बिशेषज्ञ डा. सन्तकुमार दासले पछिल्लो समय ज्वरो नआएको तथा रक्तचाप र मुटुको चाल नियन्त्रणमा रहेको जानकारी दिनुभयो । श्वास फेर्दा छातीमा घ्यार–घ्यारको आवाज आएकाले ७२ घण्टा निगरामीमा राखिएको डा. दासको भनाई छ । संक्रमण बढ्ने आशंकामा अस्पतालले भेटघाटमा कडाईं गरेको छ ।
अहिले बिहान थप स्वास्थ्य परीक्षण पछि मात्र थप स्थितिबारे भन्न सकिने अस्पतालले जनाएको छ ।
दशैंमा भएको धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने अनुमान सहित निजी सचिवालयले बढी भिडभाड र धपेडी हुने कार्यक्रममा भरसक नलैजाने बताएको छ ।