प्रकाशित : १३ कार्तिक २०७५, मंगलवार १०:५०

विराटनगर, १३ कात्तिक । कोशी र बक्राहा नदीको बाढी समस्या समाधानका लागि अलग्गै आयोजना सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका–१ भट्टाचौकमा कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना स्थापना गरिएको छ ।

कार्यालयमा तीन इन्जिनियर, तीन सबइन्जिनियरसहित १३ कर्मचारी छन । बाढी नियन्त्रण गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ खर्च गर्दै आए पनि समस्या समाधान नभएपछि दिगो समाधानका लागि आयोजना सञ्चालनमा ल्याएको प्रमुख ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।

तिवारीका अनुसार आयोजनाले कोसी समस्याबारे विस्तृत अध्ययन मात्र गर्नेछ भने बक्राहा नदीको जलाधार र बहाव क्षेत्रको अवस्था अध्ययन गरेर दिगो व्यवस्थापनका लागि निर्माणको काम पनि गर्ने भएको छ ।

आयोजनाका अनुसार चालू वर्षमा कोसी नदीका लागि २ करोड २५ लाख र बक्राहा नदीका लागि ८ करोड २ लाख रुपैयाँ मात्र निकासा भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३