प्रकाशित : ९ कार्तिक २०७५, शुक्रबार १६:०१


विराटनगर, ९ असोज । मोरङको उर्लाबारी नगरपालिका – ८ स्थित उर्लाबारी – इटहरा सडक खण्डमा आज बिहान मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहान सवा १० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३५ प ९७७३ नंको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँका २७ वर्षिय शैलेश गौतमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका गौतमको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
सम्बन्धित शीर्षकहरु