प्रकाशित : ८ कार्तिक २०७५, बिहीबार १७:१२

विराटनगर, ८ कात्तिक । विराटनगर महानगरपालिका १४ का १९ वर्षीय राहुल भगतको हत्यामा संलग्न छ जनालाई प्रहरीले मोरङका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये विराटनगर ११ का १८ वर्षीय कुहिरा भनिने विशाल सहनीलाई आज प्रहरीले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

घटनामा संलग्न अन्य पाँच जना १८ वर्ष मुनिका रहेको भन्दै प्रहरीले उनीहरुको पहिचान भने गोप्य राखेको छ । विजया दशमीको दिन गत शुक्रबार साँझ विराटनगरमा लागेको मेलामा साथीहरुसंग घुम्न आएका भगतको विराटनगर ९ हनुमान मन्दिर अगाडि छुरा प्रहार गरेर हत्या गरिएको थियो ।

छुरा प्रहारबाट पेटको माथिल्लो भागमा चोट लागेका भगतको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको थियो । भीडभाडका क्रममा एकआपसमा ठोक्किएको विषयलाई लिएर विवाद बढ्दै गएपछि सहनी सहित आठ जना मिलेर भगतमाथि छुरा हानेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले घटनामा संलग्न छ जनालाई पक्राउ गरेर आज कर्तव्य ज्यान मुद्धा चलाउन अदालतबाट म्याद थप गरिएको र फरार रहेका घटनामा संलग्न अन्य दुई जनाको भने खोजी जारी राखिएको जानकारी दिनु भयो । उहाँले हत्याको त्यत्रो ठूलो कुनै कारण नभएको जानकारी दिंदै भीड छिचोल्ने क्रममा एक आपसमा ठोक्किएको विषयलाई लिएर बढेको विवादले घटना निम्त्याएको बताउनु भयो ।

उहाँ अनुसार मेला घुम्ने र मेलामा लागेको भीड छिचोल्ने क्रममा हत्या गरिएका भगतका साथी सविन कामतसंग घटनामा संलग्न विशाल सहनी ठोक्किएका थिए । त्यही कुरालाई लिएर विवाद बढ्दै गएपछि छुरा प्रहार गरेर भगतको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३