प्रकाशित : ४ कार्तिक २०७५, आईतवार ०७:५४


काठमाण्डौं, ४ कात्तिक । मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आज पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ ।
अर्काेतिर आजदेखि नै सरकारी कार्यालय खुल्ने भएकाले काठमाडौँ फर्किनेको घुइँचो पनि त्यतिकै छ । नवरात्रभर नवदुर्गाको पूजा आराधना गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा मान्यजनको हातबाट थाप्ने परम्परा छ । घरमा टीका थापेपछि अन्यत्र टीका थाप्न जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ ।
नेपालकै केही भागमा भने विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ ।