प्रकाशित : ३० आश्विन २०७५, मंगलवार ०५:४४


विराटनगर, ३० असोज । विराटनगर ५ को बाल संसार मन्टेश्वरी स्कुलले बालबालिकालाई दसैंको टिका लगाएर विदा गरेको छ ।
बाल बालिकालाई प्रिन्सीपल खड्गबहादुर राई, कोअर्डिनेटर सुमन तामाङ र शिक्षिकाहरुले टिका र जमरा लगाएर आर्शिबाद दिनु भएको थियो । सो अवसरमा मन्टेश्वरी स्कुले गायन प्रतियोगिताको समेत आयोजना गरेको थियो ।
प्रिन्सीपल राईले दसैको अवसरमा सवै अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरुमा सुख शान्ति र समृद्धिको शुभकानमा समेत दिनु भएको थियो ।
गायन प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । बालबालिकालाई कितावी ज्ञान भन्दापनि व्यवहारिक शिक्षामा बाल संसारले बढी जो दिने गरेको स्कुलका कोअर्डिनेटर सुमन तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुशार नेपालीहरुका हरेक पर्वहरुबारे स्कुलमा बालबालिकालाई जानकारी दिईने गरेको छ ।
चाडपर्वबारे उनीहरुलाई जानकारी गराउनका लागि पनि हरेक चाडपर्व विद्यालयले मनाउने गरेको उहाँको मनाई छ ।
स्कुलले समय समयमा मठ मन्दिर, पार्क, सपिङ सेन्टर लगायतको भ्रमण पनि गराउने गरेको कोअर्डिनेटर तामाङले बताउनुभयो ।