Breaking News

संखुवासभा जीप दुर्घटनाका मृतकको सालिक मोरङमा बनाइँदै

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार १०:५५

विराटनगर, २९ असोज । जीप दुर्घटनामा परेर मृत्यु भएका संखुवासभाको मकालु गाउपालिका प्रमुख सहित छ जनाको सालिक मोरङको केरावारी गाउँपालिका ९ भलुवामा बनाउन थालिएको छ ।

मृतकको सम्झनामा ढुँगा कुँदेर सालिक बनाउने काम भइरहेको छ । बनिसकेपछि सालिक संखुवासभा लगिने छ । मकालु गाउँपालिका प्रमुख खड्गबहादुर कटवाल, पूर्व जिविस सदस्य एवं तत्कालिन एमालेका जिल्ला सदस्य सुरेश राई, काठमाडौं घर भएका इन्जिनियर सुदीप ढकाल, जिल्ला समन्वय समिति संखुवासभाका सूचना अधिकृत खाँदबारी घर भएका सुवासचन्द्र कुइँकेल, नुवाकोट घर भएका समाजशास्त्री अर्जुन बस्नेत र मकवानपुर घर भएका जीप चालक कृष्ण श्रेष्ठको सालिक धमाधम बनिरहेको छ । मोरङको बेलबारी नगरपालिका ३ घर भएका श्याम गौतम नेत्रृत्वको मुर्तिकार टोलीले सालिक बनाइरहेको छ ।

टोलीले आगामी पुस १५ गते सम्ममा बनाइसकेर सालिक जिम्मा लगाउने तयारी गरेको छ । संखुवासभाका प्रदेश सांसदहरु पूर्णप्रसाद राई, सरिता थापा (खड्का) र पदमकुमारी गुरुङको पहलमा यो कामको थालनी भएको हो । संखुवासभाको प्रदेश सभा ‘क’ को निर्वाचन क्षेत्र विकास कोष र मकालु गाउँपालिकाको लगानीमा सालिक बनाउने काम भइरहेको सांसद सरिता थापा (खड्का) ले बताउनु भयो । थापाले छ जना मृतकको सालिक बनिसक्दा ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनु भयो ।

सालिक बनिसकेपछि जीप दुर्घटना भएको स्थान मकालु गाउँपालिका ३ स्थित मृर्गेगांैडा समाटारमा लगेर राखिने छ । सांसद थापाले जीप दुर्घटनामा जनप्रतिनिधी, राजनीतिक क्षेत्रमा तथा समाजमा योगदान पुर्याएका व्यक्तित्व र राष्ट्र सेवक कर्मचारी गुमाउनु परेका कारण मृतक प्रति उच्च सम्मान व्यक्त गर्न घटनास्थलमा सालिक राख्न लागिएको बताउनु भयो ।

संखुवासभाको मकालु गाउँपालिका ३ स्थित मृर्गेगांैडा समाटारमा २०७४ साल पुस ३० गते आइतबार दिउँसो भएको जीप दुर्घटनामा गाउँपालिका प्रमुख सहित छ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३