Breaking News

विराटनगर महानगरपालिकाका कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १५:५८

विराटनगर, २५ असोज । विराटनगर महानगरपालिकाका कुनैपनि कर्मचारीले आर्थिक बर्ष २०७४/०७५ को सम्पत्ति विवरण बुझाएका छैनन । राष्ट्रिय सतर्कता केन्द्रले स्थानीय तहमा कार्यरत निजामती र स्थायी शिक्षकबाहेक अन्य कर्मचारीलाई आइतबारसम्म विवरण बुझाउन निर्देशन दिएको थियो ।

“हामीले पटकपटक हरेक स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति बेवसाइटमार्फत तथ्याङ्क राख्न निर्देशन दिएका थियौ” कम्प्युटर अधिकृत एकराज पोखरेलले बताउनुभयो ।

अधिकृत पोखरेलका अनुसार स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ११० अनुसार स्थानीय तहका जनप्रतिनिधिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्ना र परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने तथा एक महिनाभित्र प्रदेश सरकारसमक्ष पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका अनुसार विराटनगर महानगरपालिकाका कुनैपनि कर्मचारीले सम्पत्ति विवरण उपलब्ध गराएनन् ।

विराटनगर महानगरपालिकामा झण्डै तीन सय कर्मचारी कार्यरत छन् । प्रवक्ता राजेन्द्र प्रधानले महानगरपालिकाले प्रदेश सरकार समक्ष सम्पत्ति विवरण बुझानुपर्ने भएकाले सोही अनुसार प्रदेश सरकारलाई बुझाएको बताउनुभयो ।

विराटनगर महानगरपालिका वाहेक अहिलेसम्म काठमाडौँ महानगरपालिकाले एक हजार ४३५, ललितपुर महानगरपालिकाले ९ सय ३२, भरतपुर महानगरपालिकाले ३ सय ४, पोखरा महानगरपालिकाले ३१, वीरगञ्ज महानगरपालिकाले १३ कर्मचारीको सम्पत्ति विवरण उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १५:५८

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३