Breaking News

प्रदेशसभा अधिवेशन अन्त्य

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १९:०४

विराटनगर, २३ असोज । प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो ।

समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको स्पष्ट गर्नुभयो । उहांँले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै सङ्घीय सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको गुनासो गर्नुभयो ।

उहांँले प्रदेशको राजधानी र नामाकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको टिप्पणी गर्नुभयो । हांँले प्रदेशसभाको तेस्रो अधिवेशनको शुरुमै राजधानी र नामकरण टुङ्गो लगाइने बताउनुभयो । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा १ प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राख्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ सहयोगको आवश्यकता आँैल्याउनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १९:०४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३