Breaking News

भेट्रान फुटबलमा काँकडभिट्टा विजयी

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १९:०२

विराटनगर, २३ असोज । झापाको काँकडभिट्टा भेट्रान क्लब विराटनगरमा जारी प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सहिद रंगशालामा आज भएको खेलमा एभरेष्ट भेट्रान क्लब कानेपोखरीलाई ५–१ गोलको फाराकिलो अन्तरले पराजित गर्दै काँकडभिट्टाले सेमिफाइनलमा अर्को झापाली टोली विर्तामोड भेट्रान क्लबसंगको भेट पक्का गरेको हो । झापाको जितमा लाक्पा लामाले चार र रमेशकुमार बस्नेतले एक गोल गरे । खेलको अन्तिम समयमा कानेपोखरीका कुमुदकुमार लिम्बूले सान्त्वना गोल गरे । खेलको ५ औं मिनेटमा रमेशकुमार बस्नेतको पेनाल्टी प्रहारमार्फत गोलको खाता खोल्दै काँकडभिट्टाले अग्रता लिएको थियो ।

कर्नरबाट प्राप्त भएको बललाई क्लियर खोज्दा डिबक्स भित्र कानेपोखरीका संजीव बुढाथोकीको हातमा लागेपछि काँकडभिट्टाले पेनाल्टीको अवसर पाएको थियो । ३८ औं मिनेटमा काँकडभिट्टाका लाक्पा लामाले गोल गरेर अग्रता दोब्बर बनाएपछि खेल २–० को अवस्थामा पुगेको थियो । ५२ औं मिनेटमा लाक्पा लामा वान भर्सेस वानको स्थितीमा गोल गर्न सफल भए । ६२ औं मिनेटमा लाक्पा लामाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रीक पूरा गरे ।

६८ औं मिनेटमा लाक्पाले नै चौथो गोल गर्दै काँकडभिट्टालाई फराकिलो गोल अन्तरले जित दिलाए । ७० औं मिनेटमा कानेपोखरीका कुमुदकुमार लिम्बूले सान्त्वना गोल फर्काए । आजको खेलको म्यान अफ दी म्याच खेलमा एक्लै चार गोल गरेका लाक्पा लामा घोषित भए । आजको खेलसंगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । भोलीको पहिलो सेमिफाइनल खेलमा पूर्वाञ्चल भेट्रान क्लब दमक र धरान भेट्रान क्लबबीच प्रतिष्पर्धा हुने छ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १९:०२

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३