Breaking News

चार महिनादेखि तलब नदिएको भन्दै शिक्षक आन्दोलित

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १८:०३

विराटनगर, २२ असोज । विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षकहरु साउन महिनादेखि तलब नपाएको भन्दै आजबाट आन्दोलनमा उत्रिएका छन् ।

नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघसंगठनहरुको आज शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । हिजो विराटनगरमा बसेको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । उनीहरुले विराटनगर महानगरपालिकाले चार महिनादेखि तलव सुविधा नदिएको भन्दै ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको जनाएका छन् ।

विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा काजमा कार्यरत १९ जना शिक्षक शिक्षिकाहरुले तलब सुविधा नपाएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले बताउनु भयो । समन्वय इकाईमा तालाबन्दीपछि उनीहरुले विराटनगर महानगरपालिकामा धर्ना समेत दिएका छन् ।

भोलीसम्म पनि तलब निकासा नगरिए पर्सी बुधबारदेखि महानगरपालिकामा अनिश्चितकालिन धर्ना र घेराउ गर्ने घोषणा शिक्षकहरुले गरेका छन् । शिक्षकहरुले आफूहरुलाई खटाइएको विद्यालयमा शिक्षण गरिरहे पनि समन्वय इकाई र महानगरपालिकाले गैरजिम्मेवारपूर्ण व्यवहार गरेर तलव निकासा रोकेको आरोप लगाएका छन् । उनीहरुले शिक्षकहरुको खाइपाई आएको तलबभत्ता रोकिनु दुखद भएको बताए ।

महानगरपालिकाले समन्वय इकाईबाटै शिक्षक कर्मचारीको अद्यावधिक अभिलेख प्राप्त नभएका कारण तलव माग गर्न नसकिएको जवाफ दिंदै आएको छ ।

समन्वय इकाईले कार्यरत विद्यालयबाटै तलव भत्ता लगायतका सुविधा पाउने गरी काजमा खटाइएका शिक्षकको विवरण स्थानीय तह र माथिल्लो निकायमा नपठाई विना कारण आलटाल गरिरहेको शिक्षकहरुले आरोप लगाए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३