Breaking News

धरान भेट्रान क्लब सेमिफाइलनमा

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १८:०१

विराटनगर, २२ असोज । सुनसरीको धरान भेट्रान क्लबले विराटनगरमा जारी प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा आयोजक सीएमजी स्वस्थ्य क्बललाई ३–१ गोल अन्तरले पराजित गर्दै धरान सेमिफाइलनमा पुगेको हो । खेलमा गोलको खाता खोलेर सुरुवाती अग्रता लिएको आयोजकले त्यसलाई जोगाउन नसक्दा घरेलु मैदानमा साविक विजेता धरानसंग स्तब्ध बन्नु पर्यो । धरानको जितमा सत्तिश केसीले दुई र राकेश राईले एक गोल गरे । आयोजकका रोहित कोइरालाले एक गोल गरे पनि जितका लागि पर्याप्त बन्न सकेन ।

१६ औं मिनेटमा निराजन बस्नेतले गरेको प्रहार धरानका गोल रक्षक नारायणबहादुर कटवालले क्लियर गर्न नसक्दा रिबाण्ड भएको बललाई आयोजकका रोहित कोइरालाले पोष्टको दिशा दिएर गोलको खाता खोल्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । आयोजकको त्यो खुसी दुई मिनेट पनि टिक्न सकेन । धरानले १८ औं मिनेटमा जवाफी गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा पुग्यो । डिबक्ल भित्र पाएको बललाई सत्तिश केसीले वान टच जाली चुमाउँदा धरान खेलमा फर्कियो । २७ औं मिनेटमा पूर्व राष्ट्रिय खेलाडी मिलन श्रेष्ठको क्रस पासमा धरानका सत्तिश केसीले हेडिङ गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो ।

खेलमा उनको यो व्यक्तिगत दुई गोल हो । ३९ औं मिनेटमा आयोजकका गोलरक्षक सुरेन्द्र श्रेष्ठ अघि बढेको मौका छोपेर धरानका राकेश राईले गोल थप्दै आफ्नो टिमलाई ३–१ गोल अन्तरको जित दिलाए । आजको खेलको म्यान अफ दी म्याच धरान सत्तिश केसी घोषित भए । भोलीको अन्तिम क्वाटरफाइनल खेलमा एभरेष्ट भेट्रान क्लब कानेपोखरी र काँकडभित्ता भेट्रान क्लब झापाबीच प्रतिष्पर्धा हुने छ ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १८:०१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३