Breaking News

बानियाँ केन्द्रिय सदस्यमा मनोनित

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार १७:१४

विराटनगर, २२ असोज । मोरङ जिल्ला टेबुल टेनिस संघका पूर्व अध्यक्ष अनुज बानियाँलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको छ ।

टेबुल टेनिसको विकासमा लामो समय देखि महत्वपूर्ण योगदान गर्दै आउनु भएको भन्दै अखिल नेपाल टेबुल टेनिस संघले विधान बमोजिम केन्द्रिय सदस्यमा मनोनित गरेको महासचिव शंकर गौतमले जानकारी दिनु भएको छ ।

बानियाँ २०६९ टेबुल टेनिसको जिल्ला अध्यक्ष हुनु भएको थियो । बानियाँ टेबुल टेनिसको भेट्रान नं. १ खेलाडी समेत हुनुहुन्छ । उहाँले ४ वटा राष्ट्रिय स्तरको प्रतियोगिता र सातौं राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाउनु भएको थियो ।

हाल उहाँ जिल्ला खेलकुद विकास समिति मोरङको सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३