Breaking News

पूर्वाञ्चल भेट्रान क्लब दमक अन्तिम चारमा

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १८:४१

विराटनगर, २१ असोज । दमकको पूर्वाञ्चल भेट्रान क्लब विराटनगरमा जारी प्रदेश १ स्तरीय दोस्रो भेट्रान फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेस गरेको छ ।
सहिद रंगशालामा आज भएको खेलमा विराटनगरको हाटखोला भेट्रान क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै दमकले सेमिफाइनलको आफ्नो यात्रा सुुरक्षित गरेको हो ।

दमकलाई जितका लागि म्यान अफ दी म्याच भुवन राईले गरेको एक मात्र गोल पर्याप्त बन्यो । ३७ औं मिनेटमा लक्ष्मीप्रसाद लिम्बूले कर्नर लाइनबाट दिएको क्रस पासलाई भुवनले वान टच जाली चुमाउँदा दमकको जित निश्चित बन्यो । खेललाई पूरै नियन्त्रणमा लिएको दमकले अन्य गोल गर्ने अवसरलाई भने सदुपयोग गर्न सकेन ।

निरन्तर पोष्ट एट्याकको रणनीति बुनेको दमकले ८ औं मिनेटमै अग्रता लिने अवसर गुमायो । दिलिप शुब्बाको प्रहारलाई हाटखोलाका गोलरक्षक तुलसी श्रेष्ठले बचाउन खोज्दा रिवाउण्ड भएको बललाई भुवन राई पोष्टको दिशा दिन चुक्दा दमक सुरुवाती अग्रता लिनबाट पछि पर्यो । २९ औं मिनेटमा दिलिपकै क्रस पासमा लक्ष्मीप्रसाद लिम्बूले गरेको फितलो प्रहार गोलमा परिणत हुन सकेन । ३३ औं मिनेमा भुवन राईले विपक्षी रक्षापंक्तीलाई विट गर्दै गरेको प्रहार पोलमा लागेर बाहिरियो ।

खेल अवधिभर हाटखोलाले गोल गर्नका लागि एउटा मात्रै राम्रो अवसर पाएको थियो । त्यही अवसरको पनि सदुपयोग हुन नसक्दा हाटखोलाका लागि घरेलु मैदान अफापसिद्ध भयो । ५६ औं मिनेटमा उत्तर खवासको वान टच प्रहारलाई दमकका गोलरक्षक रुपक गुरुङले उत्कृष्ट बचाउ गर्दै हाटखोलालाई खेलमा फर्कनबाट रोकेका थिए ।

भोली आयोजक सीएमजी स्वास्थ्य क्लब र साविक विजेता सुनसरीको धरान भेट्रान क्लबबीच प्रतिष्पर्धा हुने छ ।

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३