Breaking News

कोवास कलेजद्धारा प्रदेश प्रथम भएको दावी

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १७:३०

विराटनगर, २१ असोज । विराटनगर– १० मा रहेको कोबास कलेजले कक्षा–११ को विज्ञान संकायमा प्रदेश १ मा प्रथम भएको दावी गरेको छ । विज्ञान संकायमा प्रथम सहितको उत्कृष्ट नतिजा हासिल गरेको कलेजको दावी रहेको हो ।

विज्ञान संकायमा निशा राजवंशीले ३ दशमलव ८५ जिपिए ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएको विद्यालयले दावी गरेको छ । कक्षा ११ विज्ञान संकायमा मा २ सय ५१ जना विद्यार्थीले परिक्षा दिएकोमा ९५ पतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजका प्रिन्सिपल सुनिलकुमार श्रेष्ठले बताउनुभयो ।

प्रिन्सिपल श्रेष्ठका अनुसार ए प्लसमा १२ जना, ए मा ८५ जना, वि प्लसमा ९६ जना, वि मा ३० जना, सी प्लसमा १५ र सी ल्याउँने १४ जना रहेका छन् । त्यस्तै व्यवथापन संकायमा २ सय ९९ जना विद्यार्थीमध्ये ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजले जनाएको छ ।

व्यवथापन संकायमा ए प्लसमा १० जना, ए मा ८५ जना, वि प्लसमा ९७ जना, वि मा ३१ जना, सी प्लसमा २५ र सी ल्याउने ३९ जना रहेका छन् । कलेजबाट उत्तिर्ण भएको विद्यार्थी अस्मीता भट्टराईले धरानमा रहेको हात्तीसार इजिनियरीङ कलेज वीटेक फुट टेक्नोलाजीमा तथा जयन्त दासले पूर्वाञ्चल इन्जियरीङ कलेजमा एग्रीकल्चर इजिनियरीङ मा छात्रवृद्धी पाएको कलेजले जनाएको छ ।

उनीहरुले यही असोजमा भएको परिक्षामा उत्तिर्ण गरेर छात्रवृद्धी पाएका हुन् ।

 

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १७:३०

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३