प्रकाशित : २१ आश्विन २०७५, आईतवार १५:४१

विराटनगर, २१ असोज । विराटनगर महानगरपालिका १९ घिनाघाटमा मृत्यु भएको अवस्थामा भेटिएका एक बद्ध पुरुषको तीन दिन सम्म पहिचान हुन सकेको छैन ।

अन्दाजी ७० वर्षीय जस्तो देखिने मधेसी मुलका पुरुष शुक्रबार साँझ मृत्त अवस्थामा फेला परेका थिए । मोरङ प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएका उनलाई स्थानीय बासिन्दाले सानो झुप्रो घर बनाएर डेढ वर्षदेखि स्याहार गर्दै आएका थिए । उनलाई स्थानीय बासिन्दाले खानेकुरा खुवाउने र हेरचाह गर्ने काम गर्दै आएका थिए ।

त्यही झुप्रो घर भित्र उनलाई मृत्त फेला पारिएको प्रहरीले जनाएको छ । चिनजानका र आफन्त कोही पनि फेला नपर्दा शवको पहिचान हुन नसकेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । शव कोसी अञ्चल अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३