Breaking News

प्याब्सन विराटनगरको पदस्थापन

प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार १०:४६

विराटनगर, २१ असोज । प्रथम अधिवेशनबाट प्याब्सन नगर विराटनगरको कार्यसमितिमा निर्वाचित भएका नयाँ पदाधिकारीहरूले पदस्थापन गरेका छन् । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि निर्वाचित भएका नयाँ पदाधिकारीहरूको पदस्थापन गरिएको हो । समितिको अध्यक्षमा निर्वाचित भएका इन्द्रकुमार राईको नयाँ नेतृत्वको टिमलाई निर्वाचन समितिको संयोजक डा. उद्धब पोखरेलले प्रमाणपत्र वितरण गरि पदस्थापन गरेका हुन् ।

समितिको उपाध्यक्षमा मोहन बुढाथोकी, सचिब अर्जुन श्रेष्ठ, कोषाध्यक्ष शिवप्रसाद अधिकारी सह–सचिब नन्दलाल मण्डल रहेका छन् । सदस्यहरु हिरा थापा पशुराम घिमिर कृष्ण श्रेष्ठ,अशोक लामा, भिम बहादुर राजवंशी र मिना आचार्य रहेका छन् ।

कार्यक्रममा बोल्दै प्याब्सनको सल्लाकार टिकारम पुरीले महानगरपालिका बनाउने शिक्षा नितीमा प्याब्सनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय शान्तिपूर्ण क्षेत्र भनिएपनि यो भाषणमा मात्र सिमित भएको भन्दै प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचि प्याब्सन नगरको अध्यक्ष इन्द्रकुमार राईले अहिले आएको विदेशपूर्ण शिक्षा निती सच्याएन व्यापक रुपमा दबाव सृजना गर्ने बताउनुभयो ।

उहाँले नयाँ आएको टिमलले रचनात्मक क्रियाकलापहरू गर्दै प्याब्सनलाई एक ढिका बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेश दास, बासुदेव न्यौपाने, पूर्व कोषाध्यक्ष डा. उद्धब पोखरेल, प्रदेसको सचिब टिकारम ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेललगायले बधाइ तथा शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३