प्रकाशित : १९ आश्विन २०७५, शुक्रबार १८:४९


विराटनगर, १९ असोज । विराटनगर ५ को बाल संसार मन्टेश्वरी स्कुलले बालबालिकालाई आज विराटनगर १९ बैजनाथपुरको ड्रिम गार्डेनको भ्रमण गराएको छ ।
कक्षा प्ले ग्रुप र नर्सरीका बाल बालिकालाई ड्रिम गार्डेनको भ्रमण गराएको विद्यालयले जनाएको छ ।
बालबालिकालाई कितावी ज्ञान भन्दापनि व्यवहारिक शिक्षासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यसहित मन्टेश्वरी स्कुलले विभिन्न स्थानमा भ्रमणमा लैजान गरेको स्कुलका कोअर्डिनेटर सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुशार मठ मन्दिर, पार्क, सपिङ सेन्टर लगायतको भ्रमण गराईने गरेको छ ।
विद्यालयले महिनामा दुई पटक भ्रमण गराउने गरेको उहाँले बताउनुभयो । छोटो समयमा नै विराटनगरमा अब्बल बन्दै गएको बाल संसार मन्टेश्वरीले व्यवहारिक शिक्षामा बढी जोड दिने गरेको कोअर्डिनेटर तामाङले बताउनुभयो । बाल संसार मन्टेश्वरी स्कुलमा एक सय बढी बालबालिका अध्ययनरत छन् ।