Breaking News

सचेतनामुलक सडक नाटक

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १८:३५

विराटनगर, १९ असोज । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा विराटनगरमा आयोजना गरिएको सडक नाटक आजबाट समापन भएको छ ।

नगरक्षेत्रको मुख्य बजार गुद्रीको बी प्लटमा सचेतनामुलक ‘कचहरी’ नाटक प्रस्तुतगर्दै १४ दिने सडक नाटक प्रर्दशन समापन भएको हो । आज समापनको दिन विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्की सहित विराटनगर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु समेत सहभागि भएका थिए ।

आरोहण गुरुकुल विराटनगरका कलाकारहरुको सहभागितामा असोज ६ गतेबाट शुरु भएको सडक नाटक प्रर्दशनको क्रममा नगरक्षेत्रका १९ वटै वडामा विभिन्न सचेतना मुलक नाटकहरु प्रर्दशन गरिएको थियो ।

सो क्रममा महिला हिंसा, ट्राफिक सचेतना र फोहोर ब्यवस्थापन सम्बन्धि सचेतनामुलक नाटक प्रर्दशन गरिएको लेखक/निर्देशक एवम अभिनेता अशोक गौतमले जानकारी दिनुभयो । विभिन्न ३ विधामा प्रर्दशन गरिएको नाटकहरुमा महिला हिंसा सम्बन्धि नाटकको लेखन/निर्देशन अशोक गौतम र भरत कार्कीले गरेका थिए । यस्तै फोहोर ब्यवस्थापन सम्बन्धि नाटकको दिपा पोखरेल र मनिसा बराल तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि नाटकको बिकास पराजुली र राजेश ठाकुरले लेखन/निर्देशन गरेका थिए ।

नाटकहरुमा भरत कार्की, विकास पराजुली, अशोक गौतम, मानाहाङ लावती, सुनिल मण्डल, राजेश ठाकुर र दिपा पोखरेल लगायत ११ जना कलाकारले अभियन गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३