प्रकाशित : १७ आश्विन २०७५, बुधबार १७:४७

विराटनगर, १७ असोज । दशैं, तिहार, छैठ लगायतका चाडपर्व नजिकिंदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । विशेष सुरक्षा रणनीति तयार पार्दै लागू गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

विराटनगर प्रदेश १ को अस्थायी राजधानी भएकाले पनि प्रहरीले यहाँको सुरक्षालाई विशेष मध्यनजर गरेर आवश्यक रणनीति तयार पारेको छ । विभिन्न चुनौतीको पहिचान गरेर त्यही हिसावको रणनीति तयार पारेर लागू गरिएको जानकारी प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रहरीले चाडपर्वका बेला मठ मन्दिर, शक्तिपीठहरु तथा धार्मिक स्थलहरुमा हुने भीडभाड, चोरी, डकैती, लुटपाट, मादक पदार्थ सेवन सिर्जित समस्याहरु र त्यसबाट हुने अपराधिक घटना, सर्वसाधारणलाई सार्वजनिक यातायातमा हुने असहजता, बैंक तथा वित्तिय संस्थामा हुन सक्ने लुटपाट, चोरी, जुवा जन्य खेलहरु, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव, सीमा क्षेत्रमा हुने अवैध निकासी पैठारी र शान्ति सुरक्षाको अवस्था भड्काउन हुने विभिन्न गतिविधीलाई सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

एसपी केसीले सुरक्षा रणनीति कार्यान्वायनका लागि सादा पोशाकमा सूचना संकलनका लागि प्रहरी परिचालन गर्ने, आपराधिक व्यक्तिहरुको पहिचान, निगरानी तथा आवश्यकता अनुसार कानूनी दायरामा ल्याउने, होटेल तथा रेष्टुरेन्टहरुमाथि निगरानी बढाउने, नेपाल–भारत सीमा क्षेत्रमा सरोकारवालासंग समन्वय गरेर चेकजाँच बढाउने काम सुरु गरिएको बताउनु भयो ।

अबैध मदिरा उत्पादन, ओसारपसार तथा बेचबिखनलाई नियन्त्रण गर्ने, सार्वजनिक यातायातका यात्रुका लागि यात्रु सहायता केन्द्र संचालनमा ल्याउने, राजमार्ग तथा भित्री सडकमा चेकजाँच बढाउने, विभिन्न स्थानमा प्रहरीको पिकेट, पैदल गस्ती, साइकल तथा मोटरसाइकल गस्ती बढाउने, तालिम प्राप्त कुकुरबाट चेकजाँच बढाउने र सुरक्षा सम्बन्धी सचेतनामुलक सन्देशहरु सम्प्रेशण गर्ने कामलाई प्रहरीले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

चाडपर्व विशेष सुरक्षा रणनीति कार्यान्वायनका लागि जिल्लामा नौ सय ५० जना प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुनै पनि अवाञ्छित गतिविधी गर्ने र अवैध गतिविधीमा संलग्न हुनेलाई तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३