Breaking News

मापसे गरेर सवारी चलाउने चालकले परीक्षा दिनु पर्ने

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १७:२२

विराटनगर, १७ साउन । मोरङमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने चालकले जिल्ला प्रहरी कार्यालयमा गएर परीक्षा दिनु पर्ने भएको छ ।

ट्राफिक चेकजाँचका क्रममा मापसे गरेर सवारी साधन चलाएको पाइएमा चालकले परीक्षा दिनु पर्ने नियम मोरङमा लागू गरिएको हो । सवारी चालकमाथि लगाइएको यो नियम नेपालकै पहिलो हो । मापसे गर्ने चालकसंग परीक्षा लिन त्यही हिसावको प्रविधिको पनि विकास गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा अत्यधिक दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्नका लागि थप कडाई थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताउनु भयो । उहाँका अनुसार मापसे गरेर कोही कसैले सवारी साधन चलाएमा कागजपत्र र सवारी साधन नियन्त्रणमा लिने र प्रहरीले लिने परीक्षा उत्तीर्ण गरिसकेपछि ट्राफिक नियम अनुसार अन्य कारवाही गरेर मात्रै छाडिने जानकारी दिनु भयो ।

मापसे गर्ने चालकले ट्राफिक प्रहरीले दिएको पुर्जी र त्यही पुर्जीमा भएको नम्बरका आधारमा मात्रै परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा उत्तीर्ण नगर्ने चालकले पुःन अर्काे पटक परीक्षा दिनु पर्ने छ ।

प्रत्येक खण्डमा ट्राफिक नियम उल्लंघन, ट्राफिक नियमको पालना र कानुनसंग सम्बन्धीत विषय समेटिएका १५ देखि २० वटा प्रश्न सोधिने र उत्तीर्ण हुनका लागि प्रत्येक खण्डमा ८० प्रतिशत अंक ल्याउनै पर्ने नियम बनाइएको उहाँको भनाइ छ । परीक्षा उत्तीर्ण नभए सम्म कागजपत्र र सवारी साधन प्रहरीकै नियन्त्रणमा हुने र चालकले फिर्ता लैजान नपाउने केसीको भनाइ छ ।

प्रहरी कार्यालयमा पुगन नभ्याउने चालकलाई अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । ट्राफिक प्रहरीले दिएको पुर्जीको नम्बर हालिसकेपछि मात्रै मापसे गर्ने चालकले अनलाइनमार्फत परीक्षा दिन सक्ने प्रविधिको विकास गरिएको एसपी केसीको भनाइ छ ।

अनलाइनबाट लिइने परीक्षाको अनुगमन समेत प्रविधिबाटै हुने भएका कारण एउटाको परीक्षा अर्काेले दिने सम्भावना पनि नहुने उहाँले बताउनु भयो । उहाँले पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे गर्ने चालकलाई लिने परीक्षा प्रणाली प्रभावकारी हुने दावी गर्नु भयो । साउन यता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन् ।

८० प्रतिशत दुर्घटना चालकले मापसे गरेका कारण भएको पाइएको छ । दुर्घटनामा परेर साउन यता मात्रै मोरङमा १७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३