Breaking News

उद्योगको मेसिनमा ठोक्किएर महिलाको मृत्यु

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार १०:५६

विराटनगर, १७ असोज । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित ईस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्किएर एक महिलाको मृत्यु भएको छ ।

टुलिटर प्लान्ट ब्लो मेसिनमा ठोक्किएर खोटाङ बाक्सिलाकी ३४ वर्षीय सरिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही उद्योगमा मजदुरका रुपमा कार्यरत तामाङ बुढीगंगा ३ मा बस्दै आउनु भएको थियो ।

प्रहरीका अनुसार बोतल टिप्नका लागि भूइँमा निहुरिएको बेला चालु अवस्थामा रहेको मेसिनमा महिलाको टाउको ठोक्किएको थियो ।

टाउको ठोक्किएर गम्भीर घाइते तामाङको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३