Breaking News

विराटनगरका अस्फाक हत्यामा संलग्न दुई पक्राउ

प्रकाशित मिति : १४ आश्विन २०७५, आईतवार १८:३६

विराटनगर, १४ असोज । गत असोज ७ गते विराटनगरमा ह्युम पाइपभित्र भेटिएको शव विराटनगर–१७ का मोहम्मद अस्फाकको भएको पुष्टि भएको छ ।

उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले खुलासा गरेको छ । विराटनगरको वडानम्बर १४ र १७ को सिमानामा रहेको पैनीमा अवस्थित ह्युमपाईपभित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गर्दै घटनाको बिषयमा बिस्तृत जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको बिषयमा जानकारी गराउनुहुंदै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले ह्युमपाईपभित्र भेटिएको शव विराटनगर १७ का मोहम्मद अस्फाकको भएको पुष्टि भएको जानकारी दिनुभयो । उहांले असोज १ गतेबाट हराएका अस्फाकलाई सोहि ठांउका २० बर्षिय मोहम्मद सद्दिफ हुसैन र २१ बर्षिय मोहम्मद आरिफले टाउकोमा ढुंगा प्रहार गरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताउनुभयो ।

घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका दुवै अभियुक्तलाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै उहाँले मृतक अस्फाक असोज १ गतेबाट हराएको र सो बिषयमा प्रहरीमा खोजतलासकालागि निवेदनसमेत परेको उहांले जानकारी दिनुभयो । अभियुुक्तद्वयले अस्फाक हराएको भनिएकै दिन उनको हत्या गरेको खुलेको उहांले बताउनुभयो ।

अभियुक्तद्वयले अस्फाकलाई घटनास्थलसम्म लिएर गएको तथा सो ठांउमा टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेपछि ह्युम पाइपभित्र लुकाएको जानकारी दिनुभयो ।

हत्या गरिसकेपछि शव लुकाएर अभियुक्तद्वयले पटकपटक मृतकका अभिभावकसंग मोबाइलमा म्यासेज पठाएर फिरौतीसमेत मागेको प्रहरीले जनाएको छ ।

५० लाखबाट शुरु भएको फिरौतीको बार्गेनिङ अन्तिममा ५ लाखसम्म पुगेको प्रहरीले जानकारी दिएको छ । मृतक अस्फाक स्थानिय एक विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३