Breaking News

प्रसुति केन्द्रमा बच्चा जम्माउने रेणुकालाई नगद

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १७:२८

पथरीशनिश्चरे, ९ असोज । मोरङको पथरीशनिश्चरे २ मा व्यवस्थित रुपमा निर्माण भएको स्वास्थ्यचौकी भवनमा सुरु भएको प्रसुति केन्द्रमा सोही वडाकी पहिलो वच्चा जन्माउने रेणुका विश्वकर्मालाई नगरपालिका कार्यालयले प्रोत्साहन स्वरुप नगद रकम प्रदान गरेको छ ।

एक कार्यक्रमबीच आज नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक मुरारी आचार्य सहितले नगद १० हजार रुपैयाँ विश्वकर्मालाई हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य चौकीको प्रसुति सेवाको उपयोग गर्दै आफ्नो तेस्रो सन्तानका रुपमा छोरालाई १ महिना अघि विना अपरेशन जन्म दिनुभएको थियो । प्रसुति केन्द्रमा पहिलो बच्चा जन्माउने आमा र बच्चाको स्वागतमा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर २ का अध्यक्ष यामप्रसाद गुरागाईंको अगुवाईमा वडा सदस्यहरुले त्यसबेला विश्वकर्मा तथा उहाँका परिवारजनलाई मिठाई प्रदान गर्नुभएको थियो ।

नगरमा प्रसुति सेवाको सुविधा नभइरहेको अवस्थामा १ महिना अघि सुरु गरिएको प्रसृति सेवाबाट स्थानीय लाभान्वित भएको सोही वडाका वावुराम राईले बताउनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १७:२८

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३