Breaking News

मोरंगको उर्लाबारीबाट पक्राउ परेका १९ जना जुवाडे पक्राउ

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १७:२४

विराटनगर, ९ असोज । मोरंगको उर्लाबारीबाट पक्राउ परेका १९ जना जुवाडेलाई आज म्याद थप गरी मुद्दा चलाइएको छ ।

उर्लाबारी–६ स्थित जनपथ मार्गबाट दिउँसो साढे ४ बजे १५ जना र उर्लाबारी–४ आइतबारेबाट साढे ५ बजे ४ जना गरी १९ जुवाडेलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले रंगेहात पक्राउ गरेको थियो ।

पक्राउ पर्ने अधिकांशले प्रहरी वयानमा झुटो नाम उल्लेख गरेपनि उर्लाबारी–५ का दीर्घायू फागो र खड्गमानसिं अधिकारीको भने पहिचान खुलेको छ ।

मुद्दा प्रक्रिया अघि बढिसकेपछि सबैको पहिचान खुल्ने इप्रका उर्लाबारीका प्रहरी नायब निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए । स्रोतका अनुसार उर्लाबारी–६ स्थित कुमार उप्रेतीको घरबाट पक्राउ पर्नेहरुमा फागो र अधिकारीका अलवा प्रकाश गिरी, युवराज पौडेल, बेदनाथ भूजेल, यादव उप्रेती, दलबहादुर बस्नेत, मणिकुमार श्रेष्ठ, रोशनप्रसाद यादव, भूपाल विश्वकर्मा, टेकबहादुर धिमाल, रामबहादुर कुँवर, गोपालकुमार गुरुङ र खगेन्द्र उप्रेती छन् ।

आइतबारेबाट पक्राउ पर्नेहरुमा घरधनी धु्रबमाया राई, विन्दु लिम्बू, टेकबहादुर कार्की र सञ्जय आचार्य छन् । उप्रेतीको घरमा भएको जुवा खालबाट ६० हजार २ सय ५० नगद र राईको जुवा खालबाट करिब ९ हजार रुपैयाँ बरामद गरिएको प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार पक्राउ परेका सबैलाई अपराध संहिताअनुसार मुद्धा चलाइएको छ ।

नयाँ संहिताअनुसार जुवा खेल्ने/खेलाउनेलाई जनही ५० हजार जरिवाना र तीन महिना कैद हुने ब्यवस्था छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३